काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको गतिविधिहरु शिथिल भएको गुनासो गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनले सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अपmठ्याराका बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफूहरुको कुनै समन्वय नभएको गुनासो राखेका बताए ।


