काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।
पोखरा विमानस्थलको आइतबार औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ ।’
पोखरामा पर्यटकको ओइरो लागोस् भन्ने चाहनाका साथ यो विमानस्थल बनेको भन्दै अब यो चाहाना पुरा हुने उनले बताए ।


