काठमाडौं । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवं नेकपा एमालेका पोलिटब्यूुरो सदस्य सूर्य थापाले कम्युनिष्ट एकताको नाममा पटक–पटक धोका दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्व कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । उनले बिहीबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
नेकपा एमालेले वामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताउँदै थापाले भने, ‘प्रचण्डको नेतृत्व फेल भएको, असफल भएको प्रमाणित भइसक्यो, एमालेका अध्यक्षलाई चार पटक फालेर पार्टी नै कब्जा गर्न खोजिएको दुनियालाई अवगत छ, अझै किन ल्याएर पूजा गर्ने रु कुनै हालतमा मिल्दैन, कतैबाट आए म नोट अफ डिसेन्ट लेखेर मैदानमा आउँछु ।’


