काठमाडौं । भारत भ्रमणबाट फर्किएलगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकता गर्नेबारे छलफल भएको छ।
भट्टराई र प्रचण्डबीच सिंहदरबारमा एकघण्टा भेटवार्ता भएको हो । उनले केही समयअघिदेखि नै यसबारेमा कुरा गर्दै आएका भए पनि पछिल्लो समय उपेन्द्र यादव समूहले पार्टीबाट निष्काशित गरेपछि उनी एकता गर्न अग्रसर भएका हुन् । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूसँगै एकतामै आउन आग्रह गरेका छन्।
स्रोतहरूका अनुसार प्रचण्ड–बाबुरामबीचको वार्तामा पार्टी एकतासम्म पुग्न सकिने गरी निष्कर्ष निकालिएको छ।
सँगै जनयुद्ध हाँकेका भएपनि उनी १० असोज २०७२ मा माओवादी केन्द्र परित्याग गरेर नयाँ शक्ति पार्टी गठन गरेका थिए ।


