काठमाडौं । प्रमुख प्रतिप्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले प्रचण्ड र माधव नेपालले अनेक षड्यन्त्र गर्दा पनि आफ्नो पार्टीलाई केही असर नपरेको दावी गरेका छन् ।
अध्यक्ष ओलीले शुक्रबार मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आमसभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
‘प्रचण्डका षड्यन्त्र भए, माधव नेपालका षड्यन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षड्यन्त्रलाई परास्त गरेर तपाईँहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागेर पार्टीलाई सिध्याउन लाग्दा पनि पार्टी सकिएन’ ओलीले भने ‘तपाई, सबैलाई धन्यवाद।’
पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो ।


