काठमाडौं । आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ ।
आजको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।
यस्तै, बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०) पेस गर्ने कार्यक्रम रहेको छ ।


