काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।
यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ । आजको बैठकमा प्रतिनिधिसभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।


