काठमाडौं । आज दिउँसो ३ बजे संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


