काठमाडौं । भूकम्पको क्षतिबारे कार्ययोजना बनाउन प्रधानमन्त्रीले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।
बझाङलाई केन्द्रबिन्दु बनाएर केही दिनअघि ठुलो भूकम्प गएको थियो । । प्रधानमन्त्री प्रचण्डले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग बुधबार नै भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए । प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापना विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ । भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो ।


