काठमाडौं । पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड असार ३० गतेसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।
उनले समवेदना प्रकट गर्न आउनेहरुसँग प्रधानमन्त्रीले यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने बताए ।


