काठमाडौं । शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
उनले मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका दर्शन गरेका हुन् । त्यस क्रममा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए ।


