काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गरेका छन्।
सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो।
भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महत्त्व दिएको भन्दै अध्यक्ष लेजीसँग प्रशन्नता व्यक्त गरे।
उनले राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उपलव्धीमूलक भएको बताए। अध्यक्ष लेजीले प्रचण्ड र राष्ट्रपति चिनफिङबीचको भेट फलदायी भएको आफूले पनि थाहा पाएको बताए।


