काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफू फरार सांसदको बारेमा संवेदनशील रहेको बताएका छन् ।
उनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै काम गर्नेहरुलाई कानूनभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखेको आरोप लगाए ।
विगतमा शासन गरेका दलहरुमाथि उठेको प्रश्नलाई आफूहरुले कामको माध्यमबाट जवाफ दिने गृहमन्त्री लामिछानेको भनाइ थियो ।
उनले भने, ‘जनताले ठूलो आशा र विश्वास राखेर हामीलाई निर्वाचित गरेर पठाएका छन् । अहिले राज्यका संरचनाहरुलाई जसरी कामका राखिएको छ । तिनको प्रणालीगत सुधारको लागि निरन्तर लागिरहेका छौं । गृह मन्त्रालय प्रणाली सुधारमा निरन्तर लागिरहेको छ। यसले चाँडै परिणाम देखाउन सुरु गर्छ ।’


