काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन्।
उनले सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो टिप्पणी गरेका हुन् । उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताए।
उनले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताए। उनले अर्थतन्त्र देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाईबाट समाधान दिनुपर्ने थियो त्यस हिसावले बजेट आउन नसकेको बताए।
उनले राजश्व परिचालनको दृष्टिकोणले चालू आर्थिक वर्षमा दर्दानक अवस्था रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन, पुँजीगत खर्च,लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न नसक्ने बताए।


