काठमाडौं । बझाङ प्रदेश सभा १ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन् ।
सिंहले ८ हजार ४०६ मत ल्याएका छन् भने नेकपा एमालेका भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन्।
अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३१३ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन्।


