काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले मनोनयन दर्ता गरेका हुन् ।
मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए । ‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भने ।
यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।


