काठमाडौं । हिजो निर्वाचन सम्पन्न भएको बारा २ मा मतगणना सुरु भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरे पनि करिब दुई घन्टा ढिलो गरी मतगणना सुरु भएको हो।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले करैया गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना सुरु गरिएको जानकारी दिए । आइतबार राति नै सर्वदलीय बैठक बोलाइएको थियो। दलका उम्मेदवार उपस्थित हुन नसकेपछि बैठक सारिएको थियो।
यहाँ ६८ हजार आठ सय ८७ ले मतदान गरेको बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।


