काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ ।
उनीहरुबीच मुख्य रुपमा शान्ति सम्झौतालाई टुंग्याउने विषयमा छलफल भएको बताइएको छ । सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका ३ जना शीर्ष नेताहरू बालुवाटारमा भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बुझिएको छ ।


