काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ।
यस्तै युरो १ को खरिद दर १४१ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ६९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ ४५ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ १७ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६९ पैसा छ।


