काठमाडौं । दिन छोटो भएसँगै भोलिदेखि सरकारी कार्यालय समय हेरफेर हुने भएको छ । कार्तिक १६ गतदेखि १० बजे खुलेर ४ बजे बन्द हुने छन् । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ।
त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने भएका छन् । जाडो यामको तीन महिना कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । जाडोयामभर कार्यालयमा काम गर्ने समय एक घण्टाले घटेको हो । बाँकी नौ महिना ७ घण्टा सरकारी कार्यालयको समय तोकिँदै आएको छ ।


