काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बालुवाटारमा जारी बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
काठमाडौंबाट बिहान उडेको जहाज बिहान ११ बजेर १० मिनेट जाँदा पोखराको दुवै विमानस्थलको बीचमा बस्तीनजिकै सेती नदो खोँचमा दुर्घटना भएको थियो । अहिलेसम्म ४१ जनाको शव भेटिएको उद्धारमा संलग्न सुरक्षाका अधिकारीले बताएका छन् ।


