काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिने बताएका छन्। उनले आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँगको छलफलपछि पत्रकारहरूसँग यस्तो बताएका हुन् ।
‘हामीले सिफारिस गर्ने काम गरेका छौँ। यो सिफारिसलाई टुंग्याउने ठाउँबाट टुंग्याउन, अब छिट्टै टुंगिएला भन्ने कुरामा म विभिन्न कारणले आशावादी छु। यसमा अन्य कुराहरू केही पनि छैन’, उनले भने।
गत मंसिर अन्तिम साता संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस गरे पनि राष्ट्रपतिले उनलाई नियुक्त गरेका छैनन्।


