काठमाडौं । यही मंसिर ४ गते हुने निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । ।
बैठकमा पार्टीमा पदाधिकारी चयन तथा स्थायी कमिटीलाई पूर्णता दिनेबारे पनि छलफल हुने बुझिएको छ ।
साथै बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका बारेमा पनि छलफल हुने भएको छ । माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।


