काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ।
सहभागी नेताहरूका अनुसार बैठकमा इन्चार्ज हेरफेर, चार महिने रुपान्तरण अभियानको समीक्षा र समसामयिक राजनीतिक विषयसहितका एजेन्डामा छलफल भइरहेको छ। तीन घण्टादेखि जारी बैठक लम्बिने भएपछि पार्टी कार्यालयमै खानाको व्यवस्था मिलाइएको छ। खाना खाएर फेरि बैठक जारी रहने बताइएको छ।


