काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतको पहलमा आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले रोजगारी पाएकी छिन् । केही समय अगाडि संसद भवनछेउमा इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए ।
नेता बस्नेतले आर्थिक अभावमा कारण मृत्युवरण गरेका आचार्यकी श्रीमतीलाई रोजगारीको ब्यवस्था गर्ने र छोरीहरुलाई उच्च शिक्षासम्म आफूले पढाइदिने प्रतिवद्धता ब्यक्त गरेका थिए । उनकी श्रीमतीलाईे शुक्रबारबाट पूर्व अरनिको यातायात प्रालिले रोजगारी दिएको हो ।
यसका साथै नेता बस्नेतले उनका छोरीहरुलाई पनि घरपायक पर्ने गरि स्नातकोत्तरसम्म निशुल्क पढ्ने ब्यवस्था गर्ने मिलाउने प्रतिवद्धता ब्यक्त गरे । उनले आफूले राजनीतिलाई समाजसेवाको रुपमा लिएको उल्लेख गरे ।
आत्मदाहको प्रयास गर्नुअघि उनले फेसबुकमा ‘स्टाटस पोस्ट’ गर्दै विभिन्न व्यवसाय गर्ने सिलसिलामा सरकार, बैंक, व्यापारी, साहु, नेता तथा कर्मचारीबाट ठगिएको कुरा उल्लेख गरेका थिए ।


