काठमाडौं । यू–१९ विश्वकप क्रिकेट अन्तरगत खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।
इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो ।
यसअघि यू–१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् ।


