काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट पेस गरिएको छ भएको छ । उनलाई सिन्धुलीका युवराजले आइतबार राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट रिट पेस गरेका हुन् ।
रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ। उनीविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।
रवि लामिछाने २०७० फाल्गुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।


