काठमाडौं । विहीबार हुने राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
बैठक पार्टी केन्द्रीय कार्यालय (धुम्बाराही) मा दिउँसो १ बजे बने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिको गम्भीर ढंगले समीक्षा गर्छौँ, पार्टी सरकारमा ग’को विषयमा पनि छलफल गर्छौँ, पार्टीको आगामी रणनीतिको विषयमा छलफल गर्छौँ’, प्रवक्ता श्रेष्ठले. भने, ‘र, स्वाभाविक रूपमा भोलि हुने राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीको धारणा सार्वजनिक गर्छौँ।’


