काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रपतिमा आगामी फागुन १२ गतेभित्र राष्ट्रिय सहमति हुने बताएका छन् । उनले सोमबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीलाई यस्तो बताएका हुन् ।
उनले भने, ‘फागुन १३ गते मनोनयन छ । १२ गतेसम्म सहमति होला’ ।
‘राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरूसँग छलफल गर्ने निर्णय भयो,’ महराले भने ।


