काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
पौडेलले आज दुवै सदनबाट पारित भएर आएपछि राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् ।
सो विधेयक प्रमाणिकरणपछि अनुचित लेनदेनलाई (मिटरब्याज) कानुनको दायरामा ल्याउने बाटो खुलेको छ ।


