काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।
उनी पेटमा समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


