काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सो मतदाता नामावली सार्वजनिक गरेको हो ।
कानुनी व्यवस्थाअनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेशसभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि ८८१ जनाको नामावली सार्वजनिक गरिएको छ ।
अन्तिम नामावली फागुन १२ गते अपरान्ह ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको उनले बताए । फागुन ११ गते आज १२ बजेपछि उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन अधिकृत पौडेलले बताए ।


