काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आज पोखरामा गण्डकी प्रदेशमा निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई सहयोग माग्दै यस्तो बताएका हुन् ।
भेटमा ओलीले राष्ट्रवादी शक्ति मिलेर जाउँ भनी आग्रह गरेको गुरुङले बताए । “हामी राष्ट्रवादी शक्ति मिलेर जानुपर्छ भनेर भन्नुभयो,” उनले भने । ओलीले आग्रह गरेता पनि आफूहरू २७ गतेसम्म आन्दोलनमा नै रहेको हुँदा कुनै निर्णय नहुने गुरुङले जवाफ दिएका थिए । लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा करिब ३० मिनेट भेटवार्ता भएको उनले बताए ।


