काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ ।
आजको सम्भावित कार्यसूची अनुसार सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची छ ।


