काठमाडौं । आज दिउँसो राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। जसअनुसार आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यको नाम हेरफेर गर्नेछन्।
यस्तै आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।


