काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदन अवरोध भएको समयको कुनै पनि सुविधा नलिने भएको छ ।
आज रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई भेटेर अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।
“पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,” सभामुखलाई बुझाएको पत्रमा भनिएको छ, “साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ ।”


