काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन्। पौडेल २७ हजार १४७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८१ पाए । त्यस्तै राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले २१ हजार ९८६ मत पाएका छन्। यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो।
रुपन्देही–२ मा पौडेलको यो चौथो जित हो। मतगणनाको क्रममा यस क्षेत्रमा धेरैपटक बिवाद भएको थियो ।


