काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नारा दिएर मात्रै देश चलाउन नसकिने बताएका छन् । नेता सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।
उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको बताए। राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ । त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे।
ी


