काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उमेदवार अन्जन श्रेष्ठले आफ्नो टिमको घोषणा गरेका छन् ।
उनले बुधबार एक औपचारिक कार्यक्रम गरेर टिमको घोषणा गरेका हुन् ।
श्रेष्ठको टिममा जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगतमा मनिषलाल प्रधान र एसोसियटमा भरतराज आचार्य छन् ।
वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले यसअघि आफ्नो टिम घोषणा गरिसकेका छन् ।
वरिष्ठ उपाध्यक्षका उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अन्जन श्रेष्ठले उमेदवारी दिएका छन् ।
महासंघको साधारण सभा चैत २८ गते हुनेछ ।


