काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) अध्यक्ष केपी शर्मा ओली आज सुनसरी जाने भएका छन् ।
सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले एमाले अध्यक्ष ओलीले बिहान ११ बजे इटहरी स्थित कचना माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
नेपाल सरकारको २२ करोड लागतमा सो विद्यालय भवन निर्माण भएको हो । भवन उद्घाटनमा इटहरीका मेयरले अवरोध गरे पनि भवन उद्घाटनको सम्पूर्ण तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले बताए ।


