काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्र बन्नुपर्ने बताएका छन्।
उनले नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिक क्षेत्रमा तपाईंहरूले विकास र रूपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्वविद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाईं प्राध्यापकहरू अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।’


