काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। शुक्रबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यसैगरी एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा र बिक्री दर १३२ रूपैयाँ ७३ पैसा रहेको छ भने एक युरोको खरिद दर १४० रूपैयाँ ७४ पैसा र बिक्री दर १४१ रूपैयाँ ३८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९३ पैसा र बिक्री दर १६० रूपैयाँ ६६ पैसा रहेको छ।


