काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आत्मदमहको प्रयास गरेका छन् ।
काठमाडौं प्रहरी प्रवक्ता दिनेशराज मैनालीका अनुसार यसरी आत्मदाहको प्रयास गर्ने युवक इलाम घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्य हुन् । संसद भवन अगाडि पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुरको वर्न अस्पताल लगिएको बताए ।


