काठमाडौं । अहिलेको सत्ता गठबन्धन भत्किएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।


