काठमाडौं । आज संघीय प्रतिनिधिसभाका सभामुख चयनका लागि मतदान हुँदै छ ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का देवराज घिमिरेले उमेदवारी दर्ता गराएका छन् भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् ।
घिमिरेको प्रस्तावकमा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङ रहेका छन् भने समर्थकहरूमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । समर्थकमा समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन् । अहिलेसम्मको नतिजालाई हेर्ने हो भने सत्ता साझेदार दलका उम्मेदवार घिमिरे अगाडि देखिएका छन् । यता न्यौपानेले पनि सभामुखमा आफ्नो जित हुने बताएकी छिन् ।


