काठमाडौं । सरकारले ब्यक्तिगत र समूहगत रुपमा अहिले इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै यस्तो आग्रह गरेका हुन् ।
उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिले जानकारी समेत गराए ।
यसैगरी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी गराए ।


