काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्यमा ४ जनालाई नियुक्त गरेको छ।
उनीहरुलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री मन्त्री रेखा शर्माले रिक्त ४ सदस्यमा ललितपुरका डा.अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्रबहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई नियुक्त गरिएको जानकारी दिइन् ।


