काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा जाने कुनै चिन्ता नभएको बताएका छन्। अध्यक्ष ओलीले मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सत्ता टिकाउने बाहेक सरकारसँग अरु फुर्सद नै नभएको टिप्पणी गरे।
‘अहिलेको अवस्थामा सामान्य हिसावले हुने स्थिति छैन। सिटामल खाएर काम लाग्ने स्थिति छैन। यो रोग हट्दैन। एकछिनको ज्वरो पनि हटनेस्थिति छैन अहिलेको अवस्थामा। यसको खास उपचार नगर्ने हो भने अव जरैदेखि रोग लागेको छ,’ उनले भने, ‘माथि टुप्पोमा पातमा यसो छर्किनु भयो केही भने त्यो पातमा लागेको कीरा भए पो पातमा स्प्रे गर्दा हुन्थ्यो। जरादेखि लागेको छ भने, काण्डदेखिनै लागेको छ भने हाँगाहाँगाबाट फैलिएको छ भने त्यसको उपचार त्यसैगरी हुनुपर्छ।’


