काठमाडौंं । जनता समाजवादी पार्टीले आफ्नो दल नयाँ गठबन्धन सहभागी हुने वा नहुनेबारे निर्णय लिन आज बैठक बोलाएको छ।
जसपाको आज केन्द्रीय कार्यकारिणी समितीको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ । बैठकले सरकारमा सहभागी हुनेरनहुने कुनै एक निर्णय लिने कार्यकारिणी सदस्य विजय यादवले जानकारी दिए ।
संघमा जसपा १२ सांसद छन् । मधेशमा जसपाको नेतृत्व छ । मधेश सरकार चार वर्षकै लागि सुरक्षित रहने अबस्था नदेखेपछि जसपा सरकारमा जान नहुने अधिकांश कार्यकारिणी सदस्यको जोड थियो ।


