काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भूकम्पपीडितलाई राहत वितरणमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री खनालले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो
बताएका हुन् ।
एकद्वार प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भनिए पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै उनले सरकारको आलोचना गरे । उनले महिला, सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनासो आइरहेको भन्दै उनले सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।


